किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

पूर्णपुष्टि, असार १४
इतिहाँसमै पहिलो पटक किराँत समुदाय किराँत राई विद्यार्थी संघ (किरावी) को झण्डा सगरमाथाको चुचुरमा फहराउन सफल भएको छ । संघको झण्डालाई अविरल राईले सगरमाथाको चुचुरोमा पुर्याएर फहराउनु भएको हो । राई किराँत सामुदायको एक मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय माउन्टेन गाईड समेत हुन् । उहाँले नेपालका ८ हजार माथीका २ हिमाल र विश्वका ५५ ओटा हिमालमा नेपाली झण्डा र आफ्नो समुदायको झण्डा फहराउने गरी आरोहन गरिसक्नु भएको छ ।

संघको झण्डा करिब ५ बर्ष अघि धिरेन्द्र रुम्दालीले आफु किरात राई बिद्यार्थी संघकोअध्यक्ष हुँदा अबिरल राईलाई हस्तान्तरण गर्नुभएको थियो । सोही झण्डा २०७९÷०१÷२९ गते बिहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेर फहर्याएको थियो । संघको झण्डा ईतिहासमै पहिलो पटक सगरमाथाको चुचुरामा पहर्याउन सफल भएको हो। उहाले नेपाल आर्मीको सगरमाथा सफाई गर्ने टिमको नेतृत्व गरेर सगरमाथा चड्नु भएको थियो । सगरमाथा आरोहनको क्रममा राईको टिमले ३५ मेट्रीक टन फोहोर पनि सङ्कलन गरेर सगरमाथा सफा गरेको थियो । राईको जन्म बुबा जस बहादुर राई र आमा चुन्तीमाया राईको कोखबाट २०४७ साल मंसिर ७ गते सोलुखुम्वुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ मुक्लीमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0