Tuesday, June 9News That Matters

१६ नं वडाअध्यक्ष राईलाई पूर्वधार र १४ का मगरलाई बिधेयक समिति संयोजकको जिम्मेवारी

पूर्णपुष्टि, असार १४
त्रियुगा नगरपालिकामा वडाअध्यक्षहरुलाई जिम्मेवारी बाँडफाँड भएको छ । १६ नं वडाअध्यक्ष मान वहादुर राईलाई नगरले पूर्वाधार संयोजको जिम्मेवारी प्रदान गरेको छ । राई पहिलो कार्यकालमा नगरको सामाजिक विकास संयोजकको रुपमा थिए । राई पहिलो कार्यकालमा पनि सामाजिक विकास संयोजको सफल कार्याकाल निर्वाह गरिसकेका वाडअध्यक्ष हुन् । पछिल्लो जननिर्वाचित वसन्त वस्नेतको कार्याकालले भने राईलाई  पूर्वाधरको जिम्मेवारी दिएको हो ।

यस्तै १४ नं वडाअध्यक्ष हिम राज मगरलाई पनि जिम्मेवारी प्रदान गरेको छ । मगरलाई बिधेयक समितिको संयोजकमा जिम्मेवारी दिएका छन् । मगर पहिले १४ नं वडाका सदस्य थिए । यो पटकको चुनावमा भने वडाअध्यक्ष नै वन्न सफल भए ।

यस्तैगरी नगरपालिकाले १५ नं वडाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि सामाजिक विकास समिति सदस्यमा जिम्मेवार दिएका छन् । यस्तैगरी नगरले कार्यपालिका सदस्य विमल राईलाई सार्वजानिक सेवा तथा क्षमता विकास र विपद समिति सदस्यको जिम्मेवारी दिएको छ भने कुन्ती परियारलाई आर्थिक विकास समिति सदस्य र रेखा थापा मगरलाई पूर्वाधार विकास समिति सदस्यको जिम्मेवारी दिएको छ ।