
पूर्णपुष्टि असार १४
पाठेघर वा आङ खस्ने समस्या महिला प्रजननको रुपमा देखा पर्ने एक जटिल समस्या हो । महिलाहरुको निकै महत्वपूर्ण अंगको रुपमा रहेको पाठेघर बिभिन्न कमि कम्जोरीका कारण समस्यामा आउने गर्छन् । यो समस्या नेपाली समाजका महिलाहरुको लागि निकै ठुलो स्वास्थ्य समस्याको रुपमा परिनत भएको छ । महिला अंगको रुपमा सुरक्षित गर्नु पर्ने पाठेघर गाउँ सामाजमा चेतनाको कमि, अशिक्षा र लाजको कारण पनि समस्या फैँलादो छ । तर यसको अझै जटिल समस्याको कारक भने कम उमेरमा विवाह गर्ने महिलाहरु रहेको देखिएको छ ।
कम उमेर अर्थात उमेरनै नपुगी कुनै पनि किशोरीहरुले विवाह गरिरेको अवस्थामा उनिहरुको बच्चा पनि चाँडै हुने सम्भावना अत्यादिक रहन्छ । यसरी कम उमेरमै वच्चा जन्माउँदा बच्चाको आमाले अत्यादिक वल प्रयोग गर्नु पर्ने चिकित्सकहरु बताउँछन् । क्षमता भन्दा बढी बल प्रयोगले नै पाठेघरमा असर पुराई पाठेघर आफ्नो ठाउँ भन्दा तल खस्ने गर्छ । पाठेघर योनीमार्गमा आउनुलाई पाठेघर खसेको बुझिन्छ।
पाठेघर हाम्रो पेल्भिक क्याभिटीभित्र मूत्रथैलीको पछाडि, मलाशयको अगाडि हुन्छ । यसलाई मांसपेसी र लिगामेन्टले पेल्भिक क्याभिटीमा अड्याएर राख्न मद्दत गर्छ । जब यो मांसपेशी र लिगामेन्ट्सको लचकतामा कमी हुन्छ वा कमजोर हुन्छ तब पाठेघर आफ्नो ठाउँ छोडी तलतिर झोलिन्छ। यसरी झोलिनुलाई नै पाठेघर खस्नु भनिन्छ।
पाठेघर बिषेशतया तिन चरणबाट समस्या उत्पान्न हुन्छ । १ पाठेघर झोलिनु तर बाहिर नदेखिनु ( यस अवस्थामा योनीमार्गमा केही भारी चिज आएर बसेजस्तो तल्लो पेट भारी हुन्छ । पाठेघर झोल्लिएको हुन्छ तर बाहिरबाट देखिँदैन। २. पाठेघर बाहिर योनीमार्गमा देखिनु( यो अवस्थामा पाठेघर अर्थात् गर्भाशयको मुख योनीमार्गभन्दा बाहिर निस्कन्छ र बाहिरबाट देखिन्छ। ३ पाठेघर पूरै बाहिर झोलिनु( यस अवस्थामा गर्भाशय पूरै योनीमार्गबाट बाहिर झोलिएको हुन्छ ।
पाठेघरलाई असुरक्षित बनाएमा खस्ने मात्र नभई टुयुमर र क्यान्सर समेत हुने डाक्टरहरुले जनाएको छ । मित्र समाज नेपाल संस्थाले गरेको महिला स्वास्थ्य समस्या केस बिषयक पत्रकारहरु सँगको दुई दिने कार्यक्रममा पाठेघर बिभिन्न कारणले खस्ने जनाएको छ । कार्यक्रम सहजकर्ता यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा खेम कार्कीका अनुसार पाठेघर खस्नु आफैँमा जटिल समस्या नभएको तर, पाठेघरसँगै अगाडिबाट मूत्रथैली, पछाडिबाट मलाशय र माथिबाट आन्द्रा तल सरेर आउनु भने जटिल समस्या रहेको जनाए ।
पाठेघर खस्नुका कारणहरु :
यस्तो हुनुमा कम उमेरमा विवाह, गरिबी, अशिक्षा, प्रजनन अंगबारे पूर्ण जानकार नहुँनु, ग्रामीण भेगमा छिटो–छिटो बच्चा जन्माउनु, गर्भवती अवस्थामा भारी सामान उचाल्नु, सुत्केरीमा उचित स्याहार–सुसार नपाउनु, बल प्रयोग गरेर साल निकाल्नु, सुत्केरी अवस्थामा भारी काम गर्नु, धूम्रपान गरेर पटक–पटक खोक्नु र कुपोषणका कारण पाठेघर खस्ने जस्ता मुख्य कारणहरु रहेको पाईन्छ । यो सबै चेतनाको कमिले नै महिलाहरु सुरक्षित हुन बाट बन्चित छन् । पाठेघर खस्दाको पहिलो र दोस्रो चरणसम्म त्यति गाह्रो हुँदैन । तर, जब बिस्तारै बाहिर निस्किन थाल्छ, तिघ्रासँग घर्षण हुँदा संक्रमण हुने सम्भावना उच्च रहन्छ । समयमै उपचार भएन र सरसफाइको अभाव भयो भने कालान्तरमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।
नेपालका ग्रामीण भेगतिर पाठेघर खस्नुलाई समस्याका रूपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण अवस्था मान्ने गरिएको छ । जसले गर्दा समस्या झनै बल्झिने गरेको छ । यो शारीरिक मात्र नभई महिलाभित्र लुकेको मानसिक र सामाजिक समस्या पनि हो ।
लक्षणहरूः
( सुरूसुरूमा पेटको तल्लो भागमा अप्ठ्यारो हुन्छ। योनीमार्गमा केही भारी चिज आएर बसेजस्तो हुन्छ।
( तल्लो पेट र कम्मर वरिपरि दुख्छ।
( पिसाब गर्दा केही चिज आएर बसेजस्तो अप्ठ्यारो हुन्छ।
( पिसाब चुहिन्छ वा कहिलेकाहीँ पिसाब बन्द पनि हुन्छ।
( यो धेरै भयो भने हिँड्न र बस्न समेत अप्ठ्यारो हुन्छ।
पाठेघर खस्ने समस्याको सरल निवारणः
अंगस्थिति ठीक राख्ने
( अंगस्थितिमा मेरुदण्ड मुख्य हुन्छ। यदि हाम्रो अंगस्थिति ढल्किने, कुप्रो पर्ने भएमा मेरुदण्डको अवस्थामा असर पर्छ र पाठेघर थिचिएर तल झर्ने समस्या हुन्छ। हिँड्दा, बस्दा, सुत्दा, पढ्दा जुनसुकै काम गर्दा पनि सधैं मेरुदण्ड सोझो, खुकुलो हुनुपर्छ। यसले सबै अंग ठीक ठाउँमा बस्न सहयोग पुग्छ।
( भारी सामान हतारहतार र बलपूवर्क नउठाउने। उठाउँदा शरीरको सन्तुलन मिलाएर लामो र गहिरो सास तानेर विस्तारै उठाउने। तर, समस्या भएका बेलामा कुनै पनि भारी सामान र भारी काम नगर्ने।
( शारिरीक वेगहरू जस्तै खोक्दा, हाछ्युँ गर्दा सावधानीसाथ गर्ने। यसले पनि अप्ठ्यारो गराउँछ।
( निरन्तर धेरैबेर उभिएर नबस्ने। धेरै बेर उभिएर काम गर्नुपरे केही बेर आराम गर्ने र फेरि काम गर्ने।
( दिसा गर्दा बलले कनेर नगर्ने।
