
पूर्णपुष्टि, पौष ६
संखुवासभाको मकालु गाउँपालिका–३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका–३ का २३ बर्षिय अनिल दर्जी रहेका छन् ।

हिजो दिउँसो सवा १२ बजे मकालु–३ स्थित कोशी लोकमार्गमा च्यामताङबाट ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित उनलाई इलाका प्रहरी कार्यालय हेदङनाले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
