ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

पूर्णपुष्टि, पौष ६
झापाको बिर्तामोड नगरपालिका–१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० बर्षिय यामनाथ राय रहेका छन । सोमबार बेलुका ८ बजे बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका रायलाई उपचारको लागी बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको प्रहरिले जनाएको छ ।दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोसन लिम्बु इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: