Sunday, May 3News That Matters

आगलागीले क्षती पुराएका ब्यापारिलाई त्रियुगा उद्योग बाणिज्य संघको आर्थिक सहयोग

पूर्णपुष्टि, १० फागुन ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आगलागीमा क्षती पुगेका गाईघाटका दुई ब्यपारीलाई आर्थिक सहयोग गरेको छ । मंसिर ४ गतेको दिन गाईघाटको टेम्पोचोक स्थित राज अटो सेन्टर र महालक्ष्मी मोटरसाईकल रिप्यारिङका ब्यपारिलाई ११ हजारको दरले आर्थिक सहयोग गरेको हो । संघले ममता कुमारी ठाकुर र निसा कुमारी ठाकुरलाई दोस्रो प्रदेश महोत्सवमै चेक हस्तान्तरण गरेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईली सहितको टोलीले चेक हस्तान्तरण गरेको हो । आफ्नो व्यवसायीमा पर्न गएको क्षती प्रति दुखद ब्यक्त गर्दै उक्त आर्थिक सहयोग गरेको संघका अधयक्ष रमेश रसाईलीले जनाए ।