Sunday, May 3News That Matters

बरुवा बसपार्क महोत्सवबाट फेरी अर्को मोटरसाईकल हरायो

पूर्णपुष्टि, १० फागुन ।
बरुवा बसपार्क बाट फेरी अर्को मोटरसाईकल हराएको छ । त्यहाँ संञ्चालन दोस्रो प्रदेश महोत्वमा गएका त्रियुगा नगरपालिका ३ मोतिगडाका एक युवाको मोटरसाईकल हराएको हो । अर्विन चौधरीको प्रदेश १– ०५००१–प ७३२९ को टु ट्वान्टी फल्सर मोटरसाईकल महोत्सव हेर्न जाने क्रममा राति हराएको हो । चौधरीले मोटरसाईकल खोजिका लागि प्रहरीमा समेत निवेदन दिएको छ । उनले अन्य सबै पक्षहरु सँग पनि हराएको मोटरसाईकलको निगरानी र खोजीमा लागि दिन अनुरोध गरेको छ । यदि कहि कतै फेला परेमा नजिकैको प्रहरी चौकी अर्थात ९८०४७८३७००÷९८०५१३१८९ मा सम्पर्क गर्न अनुरोध गरेको छ । चौधरी बुधबार राती महोत्सव हेर्न बरुवा बसपार्क गएका थिए ।