Sunday, April 19News That Matters

आगोको धुवाँमा निसासिएर सुत्केरी र बहिनीको मृत्यु, शिशु गम्भीर

पूर्णपुष्टि, साउन ८ । जुम्लाको चन्दननाथ नगरपालिकामा एक दुःखद घटना भएको छ। सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर २२ वर्षीया मायालक्ष्मी रोकाया र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको छ। घटनामा १२ दिनको शिशु पनि गम्भीर घाइते भएको छ।

आइतबार राति भएको यस घटनापछि तीनै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगामा भर्ना गरिएको थियो। मायालक्ष्मीको सोमबार र जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। शिशुको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको प्रहरीले बताएको छ।