Wednesday, May 27News That Matters

आगोमा जलेर एक वृद्धको ज्यान गयो

पूर्णपुष्टि, फागुन २ ।
सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका–८ शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो ।
आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।
मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाकाले जनाएको छ ।