Thursday, June 4News That Matters

आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

पूर्णपुष्टि, वैशाख २१ गते ।
नेपाली कांग्रेसका उम्मेदवारले प्रचारप्रसारमा हिँड्डा आचारसंहिता उल्लंघन गरेको भन्दै गोरखामा उजरी परेको छ । गोरखा नगरपालिका–१० मा मंगलवार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।
सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।