
पूर्णपुष्टि, बैशाख २६ गते ।
कलडाउन थप गरेपनि विकास निर्माणका कामहरु खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योग धन्दा र कलकारखाना खोल्ने सरकारले निर्णय गरेको हो ।
लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न दिने भएको छ ।
विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ ।
सम्बन्धित निकायसँग समन्वयन र मुल्याङ्कन गरी स्वास्थ्य सुरक्षाको पालना गर्दै सामाजिक दुरी कायाम गरी सरकारले संचालन गर्न अनुमति दिने निर्णय गरेको हो ।
सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु तल हेर्नुस् :–

