
पूर्णपुष्टि, वैशाख २६ ।
भारतमा रेलले किचेर मजदुरहरुको मृत्यु भएको छ । महाराष्ट्रमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको हो । पाँच जना गम्भिर घाइते भएका छन ।
महाराष्ट्रको औरंगाबाद कर्माड स्टेशनको लिग नजिकै बसिरहेको अवस्थामा उनीहरुलाई आज विहान रेलले किचेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रेलले किचेका सबै मजदुर औरंगाबादको एक स्टील उद्योगमा कार्यरत हुन् । मजदुरहरुले भुसावलतर्फ जाने रेल कुरिरहेका थिए ।
रेलमन्त्री पियुष गोयलले घटनाको वारेमा अनुन्धान भैरहेको बताएका छन । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
