
पूर्णपुष्टि, बैशाख २६ । आज २६ बैशाख (मंगलबार) बाट कक्षा १२ को बार्षिक परिक्षा सुरु भएको छ । आजबाट सुरु भएको परिक्षामा देशैभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार देशैभर १ हजार ४५७ निर्धारित परिक्षा केन्द्रमा यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने उनले बताए ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तिन ओटा भन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड (एनजी) ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
