Wednesday, June 17News That Matters

‘लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्र्ड’ मेस्सी र विश्वविजेता अर्जेन्टिनी टोलीलाई

पूर्णपुष्टि, बैशाख २६ । ‘लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्र्ड’ सुपरस्टार लिओनल मेस्सी र विश्वविजेता अर्जेन्टिनी टोलीले पाएको छ । मेस्सीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड पाएका छन् भने उनको कप्तानीमा विश्वकपको उपाधि जितेको टिमले ‘टिम अफ दि इअर’ को अवार्ड पाएका हुन् ।

गत डिसेम्बर कतारमा भएको फिफा विश्वकपमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि जितेको थियो । अर्जेन्टिनाले फाईनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । ३६ बर्षपछि विश्वविजेता बनेको अर्जेन्टिनाको लागी ७ गोल र ३ असिस्ट गरेको कप्तान मेस्सीले कतारमा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल समेत जितेका थिए । मेस्सी एकै संकरणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

यस्तै महिलातर्फको लाउरेस अवार्ड जमैकन स्प्रिन्टर शेली अन फ्रेजर प्राएसले पाएकी छन् । ओरेगनमा जुलाईमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण जितेकी उनले वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपको ट्रयाक एण्ड फिल्डमा ५ स्वर्ण जित्ने पहिलो महिला खेलाडीको नाम बनाएकी छन् ।

यस्तै लाउरेस वर्ल्ड ब्रेथग्रो अफ दी इअरको अवार्ड स्पानिस युवा टेनिस खेलाडी कमर्लोस अल्कारेजले पाएका छन् भने कमब्याक अफ दि इअरको अवार्ड डेनिस फुटबलर क्रिस्टियन एरिक्सनले पाए । डिसाबिलिटी अवार्ड क्याथरिन डेब्रनरले पाए भने एक्सन स्पोर्ट्सपर्सन अफ दि इअरको अवार्ड एलिन गुले पाए ।