Sunday, June 14News That Matters

उदयपुरमा करिव ६ हजार १ सय भन्दा बढि एसइई परीक्षार्थी सहभागी

पूर्णपुष्टि,चैत्र १७ । मुलुकभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भए संगै उदयपुमा ६ हजार १ सय ९३ विद्यार्थी सहभागी हुने भएको छ । ११५ समुदायिक र ४५ संस्थागत विद्यार्थीबाट ३ हजार ३११ छात्रा र २ हजार ८८२ छात्र परीक्षामा सामेत हुने छन् ।

परीक्षामा साधारणतर्फ ५ हजार ८५९, प्राविधिक तर्फ १८४ र ग्रेडबृद्धि तर्फ १५० जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका प्राविधिक सहायक मैनाकला लिम्बुले बताउनुभयो ।

उदयपुरमा २५ विद्यालय छनोट गरेर परीक्षा केन्द्र निर्धाण गरिएको छ । जसमा सबै भन्दा बढी त्रियुगा नगरपालिकामा ९ परीक्षा केन्द्र रहेको छ । चैदण्डीगढी नगपालिकामा ४ स्थान, कटारी नगरपालिका ४, बेलका नगरपालिका तीन, उदयपुरगढीमा २, रौँतामाई, लिम्चुङबुङ, ताप्ली गाउँपालिकामा एक÷एक परीक्षा केन्द्र ताकिएको इकाई उदयपुरले जनाएको छ ।

परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको र २५ परीक्षा केन्द्रमा प्रधान्ध्यापक वा शिक्षकलाई परिक्षा केन्द्र तोकिएको इकाइ उदयपुरका प्रमुख बाबुराम पोखरेलले जानाएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षा इकाइ उदयपुरले परीक्षाका लागि आवश्यक व्यवस्थापन गरेको प्रमुख पोखरेले बताउँनुभयो ।