
पूर्णपुष्टि, चैत्र १७ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाईनल खेल आज नेपालले लाओस्सँग खेल्दै छ । आज (शुक्रबार) साझँ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले लाओस्सँग उपाधिका लागी प्रतिस्पर्धा गर्नेछ ।
दुवै टोली एकअर्कालाई हराएर उपाधि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछन् भने नेपाली टोलीलाई घरेलु मैदानमा दर्शकको पुरा समर्थन रहने छ । उपाधि विजेताले ५ हजार अमेरिकी डलर पाउने छन् भने उपविजेता टिमले ३ हजार डलर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।
तिन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।
