
पूर्णपुष्टि,असार २ । आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैँ छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।
“हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य“ भन्ने नारा सहित वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो । भूमीको वास्तविक प्रयोग कृषि भएपनि विश्व मानचित्रमै भू –माफिया र रियल स्टेट व्यापारको वृद्धिसंगै भूमीको दुरुपयोग र भू–उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै आज विश्व भरिका ८१ करोड मान्छेहरु खाधान्न सङ्कटको असरमा रहेकाछन् ।
खडेरी या मरुभूमिकरणको कुरा भौगोलीक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भईरहने अविवेकी प्रयोग नै २१ औं शताब्दिमा प्रकृतिले भोग्दै आएको समस्या हो ।
मानव जनसंख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमीको वितरण, विभाजन अनि उपयोग वास्वतमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरु खडेरी र मरुभूमीकरणको ढिलोचाँडो जोखिममा रहेका छन् ।
