Thursday, May 14News That Matters

खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश


पूर्णपुष्टि, ३ असार

भुटानी शरनार्थी प्रकरण ः खाँण र रायमाझी सँगै १६ जनालाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

१ असार, काठमाडौं । भुटानी शरनार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बाल कृष्ण खान र निलम्वीत सांसद टोप बहादुर रायमाझी सहित १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छाड्ने आदेश गरेको छ ।