
पूर्णपुष्टि,चैत्र ९ । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार आज विश्व मौसम विज्ञान दिवस परेको छ । मौसमको फेरबदलमा बादलको महत्त्वलाई दर्साउँदै सन १९६१ देखि हरेक वर्षझैँ यस वर्ष पनि २३ मार्चका दिन मौसम विज्ञान वर्ष मनाईदैछ ।
विश्व मौसम विज्ञान सङ्गठनले मानिसहरूको सुरक्षा र कल्याणमा योगदान दिन महत्त्वपूर्ण भूमिका खेल्छ । यसरी वल्र्ड मेटेरोलोजीकल अर्गनीजेशनले आफ्नो डाटा मार्फत विश्वभरिका समुदायको सुरक्षा गरिरहेको हुन्छ । यसको काम खाद्य सुरक्षा, जलस्रोत र यातायात प्रदान गर्न महत्त्वपूर्ण छ ।
मौसम सम्बन्धी डाटाले हामीलाई मौसमको क्षति ट्र्याक गर्न, हाम्रा सम्पूर्ण दिनहरूको योजना बनाउन र प्राकृतिक प्रकोपहरूको बारेमा चेतावनी दिन मद्दत गर्दछ। यी नै डाटाको कारणले गर्दा, हामी मानिसहरूलाई बाहिर निकाल्न वा आवश्यक आँधीको तयारी गर्न पर्याप्त समय दिएर ठुलो आँधीको भविष्यवाणी गर्न सक्छौँ।
सन् १९६१ को मार्च २३ मा विधिवत् सुरु भएको यस दिवस वर्ल्ड मेटेरोजीकल अर्गनाइजेशनको स्थापनाको सम्झनामा हरेक वर्ष मार्च २३ मा मनाइन्छ । वर्ष २०२३ चाहिँ विश्व मौसम दिवसको ६३औँ संस्करण हो किनभने पहिलो विश्व मौसम विज्ञान दिवस चाहिँ सन् १९६१ मा मनाइएको थियो ।
