
पूर्णपुष्टि, चैत्र ९ । युवा खेलाडी राजेन्द्र राईलाई त्रियुगा नगरपालिकाले त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको सह–सचिवमा मनोनित गरेको छ । राईलाई नगरपालिकाको फागुन १५ गतेको निर्णयले सह–सविचमा मनोनित गरेको हो । २०७५ परिच्छेद २ को उपनियम ३ बमोमिज ३ बर्षका लागि मनोनित गरेको नगरको पत्रमा उल्लेख गरिएको छ । प्रशासकीय अधिकृत मान वहादुर बनको हस्ताक्षर पत्रमा राईलाई मनोनित गरेको ब्यहोरा जानकारी गराईएको छ ।

