
पूर्णपुष्टि, फागुन २५ । आज सुन र चाँदीको मुल्य घटेको छ । सुनचाँदी व्यावसाय महासंघका अनुसार बिहिबार सुन र चाँदीको मुल्य ५–५ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजार भने सुन प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
