Thursday, May 7News That Matters

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको ईन्जिनमा आगलागी, पुन त्रिभुवन विमानस्थलमा अवतरण

पूर्णपुष्टि, फागुन २५ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएपछि पुन त्रिभुवन विमानस्थलमा नै अवतरण गराईएको छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो ।

उडान नं. ८२१ को जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । सो जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । केहीबेर अघि जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् । यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो ।