
पूर्णपुष्टि, असोज ९ गते ।
उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौँ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । बसाहा युबा क्लबको आयोजनामा भएको प्रतियोगिता असोज ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले रेफ्रीलाइ फूट्बल हस्तान्तरण गरेपछि खेल सुरु भएको हो । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भएको हो । खेल दिउँसो ४ बजे सुरु भएको हो ।
