Saturday, June 13News That Matters

आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

पूर्णपुष्टि, असोज ९ गते ।

उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भईरहेको छ । खेल दिउँसो ४ बजेबाट सुरु भएको हो ।

पहिलो खेलमा हाफटाइम अगाडि पहिलो गोल चारतारे क्लब मोरङको तर्फबाट जर्सि नम्बर १० का खेलाडी भुबन बस्नेतले गोल गरेका छन् । बस्नेतले खेलको २३ औँ मिनेटमा गोल गरेका हुन् । हाफटाइम अगाडि चारतारे क्लब एक गोल अन्तरले अगाडी रहेको छ ।