Saturday, June 13News That Matters

बसाहामा सुरु आठौँ नारदमुनी गोल्कपमा चारतारे फुटबल क्लवको बिजयी सुरुवात

पूर्णपुष्टि, असोज ९
बसाहामा आजबाट सुरु भएको आठौँ संस्करणको नारदमुनी गोल्डकपमा चारतारे फुटवल क्लव मोरङ बिजयी भएको छ । नारदमुनी थुलुङ् रंगशाला बसाहामा भएको पहिलो खेलमा गोर्खा व्वाईज स्पोर्टस् क्लव रुपन्देहीलाई २÷० को अन्तरले पछि पार्दै पहिलो खेलको जित सुनिश्चित गरेको हो । खेलको २३ औँ मिनेटमा चारतारेको तर्फबाट जर्सि नं १० का भुवन बस्नेतले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलएका थिए भने खेलको अन्तिम चरणमा पनि बस्नेतले नै थप एक गोल गर्दै टिमलाई बिजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच पनि बस्नेत नै घोषित भएका छन् । उनले रु ५ हजार नगद सहित पुरस्कार समेत पाएका छन् ।