पूर्णपुष्टि, मंसिर १५
संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्क स्थितमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । हिजो दिउँसो पौने ३ बजे घर नजिकैको माछा पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1