Sunday, May 17News That Matters

लागूऔषध सहित युवक पक्राउ

पूर्णपुष्टि, मंसिर १५

मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् ।

आज बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।