Sunday, May 17News That Matters

भरुवा बन्दुक सहित १ जना पक्राउ

पूर्णपुष्टि, मंसिर १५

संखुवासभा पाँचखपन नगरपालिका५ खमारे स्थित ५६ बर्षिय राम बहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खानतलासि गर्दा गोठमा परालले छोपि लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।