
पूर्णपुष्टि,जेष्ठ २७ । त्रियुगा नगरपालिका–१५, डहर रमिते डाँडा अहिले भरिभराउ छ । यो सँगै रौतामा पनि मानवीय चहलपहल ब्यापक बढेको छ । केहि दिन देखी देशभर अप्रत्यासित रुपमा बढेको गर्मिसँग उदयपुर पनि अछुतो छैन् । बिषेशगरी सदमुकाम गाईघाटमा तापक्रमले तिव्र गति लिएको छ ।
४१ डिग्री सम्म तापक्रम बढेपछि त्यहाँ मानव जनजिवन कष्ट बनेको छ । गर्मीका कारण मानिसहरु चिसोको खोजी गर्दै डाँडाकाँडा उक्लीने क्रम जारी छ । त्रियुगा नगरपालिका गाईघाटबाट चिसो ठाउँका लागि रौता पोखरी लगायतका ठाउँलाई हेरिन्छ । रौता पोखरी भन्दा नजिक रहेको डहर रमिते डाँडाँ पछिल्लो समय भरिभराउ छन् । युवा व्यवसायी तथा रमिते भ्यु रिसोर्टका संञ्चालक प्रयास बान्ताव राईका अनुसार हप्ताको शुक्रबार र शनिवार मानवीय चहलपहल ब्यापक रहेको जनाउँछन् । गर्मी छल्दै रौता सम्म पुग्ने पर्यटकहरु आफ्नो होटलमा बस्ने गरेको उनले जनाए । गर्मिको समयमा विशेष गरी शुक्रवारको दिन साझँमा करिव १५ देखि २० जना सम्मको पर्यटकहरुको समुह आउँने गरेको राईको भनाई छ ।

गर्मीका लागि चिसो र स्वच्छ वातावरण, रोमणिय दृश्य अवलोकन साथै मौलिक खाना खानको लागि रमिते डाँडाँ चढ्ने गरेको पर्यटकहरु बताउँछन् । होटलमा मौलिक खाना कोदोको ढिडो, गुन्द्रुकको अचार र लोकल कुखुराको अत्याधिक माग हुने गरेको सञ्चालक राई बताउँछन् ।
