Monday, September 21News That Matters

उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भण्डारी ५ दिनबाट सम्पर्कविहिन

पूर्णपुष्टि, जेष्ठ २७ । उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारी ५ दिनबाट सम्पर्कविहिन भएका छन् । उनी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेबाट कसैको सम्पर्कमा नरहेको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको र उनको गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए ।

भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङ गरेको अवस्थामा फेला परेको र उक्त गाडी भित्र मोवाईल पनि भेटिएको प्रहरीले जनाएको छ ।

मोवाइल गाडिभित्रै कपडाले बेरेर राखेको र चाबी पनि गाडीको डिकिमै भेटिएको प्रहरी निरिक्षक जोराले बताए । सिसिटिभिमा हेर्दा महासचिव भण्डारी गाडीबाट निस्किएर गएको देखिएको छ ‘निरिक्षक जोराले भने’ अहिलेसम्म उहाँको अवस्था अज्ञात नै छ, हामीले उहाँको हुलिया सार्वजनिक गरेर खोजीका लागि सबै ठाउँमा खबर गरेका छौँ।’

अध्यक्ष कँडेलले महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको बताएका छन् भने खोजीको लागी कैलाली पुगेका छन् । महासचिवको खोजी कार्यका लागि कैलालीको अत्तरिया आइपुगेको उनले बताए ।