
बुद्धि चामलिङ राई
असोज, २६
भोज बहादुर खपाङ्गी मगर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबु छामलिङमा जन्मिए । उनी छामलिङमै २०३९ सालमा स्थापना भएको निमाबी छामलिङ स्कुलमा कक्षा १ देखि ७ सम्म अध्ययन गरे त्यस पछि बाकी माथिल्लो तह कक्षा ८ देखि १० सम्म माबि खाबु हुँदै उच्च शिक्षा काठमाडौमा अध्ययन पूरा गरे । केही समय वैदेशिक रोजगारिमा जापान समेत बसेका भोज खपाङ्गी मगर अहिले काठमाडौमै ब्याबशाय गरेर बसेका छन ।
गत बैशाख महिनामा उनी स्थानिय निकायको चुनाबमा जन्म थलो गाउँ छामलिङ आएका थिए । आफूले पढेको बिधालय हेर्न गएका उनले कक्षा ८ सम्म पढाइ हुने निमाबि छामलिङको कक्षा कोठाहरु हेरेर फोटो र केहि भिडियोहरु आफ्नो मोबाइलले खिचे । शिशु कक्षा देखि कक्षा ३(४ सम्म का बिद्यार्थी पढ्ने कक्षा कोठामा पातलो कार्पेट र धुलो मैलो देखे पछि उनले केही गर्ने योजना बनाए । गत बैशाखमा भएको स्थानिय तह को निर्बाचन सकिए सङ्गै उनी आफ्नो कर्मथलो काठमाडौ फर्केर बिधालयलाई सहयोग गर्ने अभियान चलाय । बिधालय को भौतिक पुर्बाधार सुधारको लागि भन्दै भोज बहादुर खपाङ्गी मगर आफैले ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने गरि कोष खडा गरे । निमाबी छामलिङमै अध्ययन गरेका पुर्ब बिधार्थीहरुलाइ अभियानमा सहयोग गर्न उनले अनुरोध गरे भने शुभेच्छुक तथा अन्य मनकारी साथीभाइलाई पनि उनले अनुरोध गरे ।
यसैमा अभियान मा जोडिन आए छामलिङ मै जन्मियर छामलिङ स्कुल मै पढेका गाइघाट निबासी ब्याबशायी थमान राइले १० हजार ५० सहयोग गरे । यो अभियान मा जोडिन छामलिङमै जन्मियर छामलिङ स्कुलमै पढेका पुर्ब बिद्यार्थी हाल कोरियामा कार्यरत समर्पण आले मगरले २५ हजार सहयोग रकम प्रदान गरे । त्यस्तै छामलिङमै जन्मिए छामलिङमै पढेका हाल जापानमा कार्यरत आकाङ्छा खपाङ्गी मगरले १५ हजार सहयोग गरे । छामलिङ मै जन्मियर छामलिङ स्कुलमै पढेका टीका वीर बिकले ५६३०, बिष्णु राइले ३३३५, सोम कुमार मगर ५ हजार, खरिन्द्र मगर ५ हजार २ सय, गणेश मगर ५०२७, केशब राइ २५२० आर्थिक सहयोग गरे । त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबु का वडाध्यछ गणेश तिमिल्सिनाले ५ हजार, छामलिङ स्कुल नपढे पनि शैक्षिक अभियान राम्रो लागेर खाबुकै धर्मराज थापा मगरले ५ हजार ५ रुपैया सहयोग गरे ।
असोज २० गते बिहिबार निमाबी छामलिङ बिधालयको परिसरमा छामलिङ गाउँ भरिका गाउले भेला भएका थिए । समाजसेबि स्थानिय भोज बहादुर खपाङ्गी मगरले काठमाडौ बाट खरिद गरेर ल्याएका सामाग्रीले स्थानिय गाउलेको मुहार मा खुशी छाएको थियो । बिधालयका प्रधानध्यापक मोहन सिङ मगरलाई सो शैक्षिक तथा भौतिक सामाग्री सोही बिधालयका बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तथा बिधालय सस्थापक खम्ब सिङ मगर र त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबुका वडाध्यछ गणेश तिमिल्सिनाले हस्तान्तरण गरे । बिधालयलाई ७८ हजार रुपैयाको सामाग्री प्रदान गरिएको छ । जम्मा ९७ हजार ८७८ रुपैया सहयोग रक्म सङ्कल भएकोमा बाकी रकम ९८७८ रुपैया बिधालयका प्रधानध्यापक मोहन सिङ मगरलाइ प्रदान गरिएको छ ।
समाजसेबि अभियानकर्ता भोजबहादुर मगर का अनुसार शिशु कक्षा देखि कछा ३ सम्म अध्य्ययन गर्ने बालबालिकालाइ पढ्न सजिलो हुने, बालमैत्री शिक्षा आर्जन गर्न सहज हुने सामाग्री हरु उपलब्ध गराएको बताए । उनका अनुसार साना साना बालबालिकालाइ बालमैत्री, बेन्च, कुर्सी, शैक्षिक सामाग्री, डस्बिन, फ्लाटिन वोर्ड, खेल सामाग्री प्रदान गरिएको छ । आफुले अध्य्ययन गरेको बिधालयको भौतिक पुर्बाधार कमजोर रहेकोमा आफुहरुको अभियानले बिधालयको बालबालिकाको शैक्षिक स्तरमा सुधार आउने आशा राखेको अभियान कर्ता समाजसेबि भोज बहादुर मगरले बताए । यस्तो अभियान अझै निरन्तर रहने उनले बताए । बिधालयका प्रधानध्यापक मोहन सिङ मगरले आफू पढेको स्कुल लाई सम्झेर यसरी सहयोग गर्नु महान कार्य भएको भन्दै सहयोगदाता मनकारी पुर्ब बिधार्थीहरुको कामले बिधालय परिबार खुशी भएको र बिधालयको शैक्षिक स्तरमा उपलब्धीमुलक हुने बयाए ।
बिधालय सस्थापक, छामलिङ गाउला अग्रज तथा बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष खम्ब सिङ खपाङगि मगरले यस्ता महान काम गर्ने पुर्ब बिधार्थीहरुको कार्य सम्मान जनक रहेको बताए । वडा अध्यक्ष गणेश तिमिल्सिनाले यस्ता अभियान हरुले वडाकै शैक्षिक स्तर माथी उक्सने भन्दै यो अभियान वडाक अन्य बिधालयले पनि गर्न जरुरु रहेको बताए । स्थानीय समाजसेबि बिष्णु राइले आफू अध्य्ययन गरेको बिधालयलाइ सहयोग गर्ने धेरै अन्य इच्छुक पुर्ब बिधार्थी भएकाले यस्ता अभियान जारी राख्नु पर्ने बताए । निमाबी छामलिङ बिधालयको निम्ति यस अघि पनि छामलिङ स्कुलमा अध्ययन गरेका बुद्धि चामलिङ राई, ध्यान बहादुर खपाङ्गी मगर लगायतले बिधालयको निम्ति सामाग्री, फर्निचर प्रदान गरेका थिए ।

