Tuesday, June 2News That Matters

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीलाई रकम माग गर्ने युवक पक्राउ

पूर्णपुष्टि, असोज २६ गते ।

मोरङको बिराटनगर स्थित ब्यापारीहरुलाई धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–२ का २९ बर्षीय रविन घिमिरे रहेका छन् ।
ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।