
पूर्णपुष्टि, असोज २५ गते ।
उदयपुरमा २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ६४ जना उम्मेद्धार चुनाबी मैदानमा देखिएका छन् । जिल्लामा प्रतिनिधिसभामा २ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्र रहेका छन् । प्रतिनिधीसभा क्षेत्र नं. १ मा १६्र जनाले उम्मेद्धारी दिएका छन् ।
नेपाल सरकारका परराष्ट्र्मन्त्री डा. नारायण खड्काले क्षेत्र नं. १ बाटै उम्मेद्धारी दिएका हुन् । उनी सत्तारुढ गठवन्धनका साझा उम्मेद्धार हुन । यस्तै एमालेकी पोलिटव्युरो सदस्य मन्जु चौधरीले पनि सो क्षेत्रबाट चुवानी प्रतिस्पर्धा गर्दैछिन् । क्षेत्र नं. १ बाटै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव रायमाझीले, लोकतान्त्रीक समाजवादी पार्टीका खुसीलाल ठाकुर, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई, नेपाल मजदुर पार्टीका विष्णु वहादुर खत्री लगायत २८ जना चुनाबी दौडमा छन् ।
क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनबाट माओवादीका राजन किरार्ती उम्मेद्धार छन् । एमालेका कुशलबाबु बस्नेत पनि यही क्षेत्रबाट उम्मेद्धार बनेका हुन् । यसै क्षेत्रबाट राप्रपाका सुभास चन्द्र खड्का, जनता समाजवादीबाट गणेश कुमार राई लगायत ११ जना चुनाबी मैदानमा उत्रिएका छन् ।
क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका हिमाल कार्की, एमालेवाट इश्वरमणी राउत, राप्रपाका ज्ञान चन्द्र राई लगायत १३ जना प्रतिस्पर्धामा छन् ।
प्रतिनिधीसभा क्षेत्र नं. २ मा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका जगन्नाथ खतिवडा उम्मेद्धार छन्, भने एमालेबाट अम्मर रायमाझी उम्मेद्धार बनेका हुन् । यस्तै, सो क्षेत्रमा नेपाली कांग्रेसका राम कुमार राईले गठबन्धन बिरुद्ध वागी उम्मेद्धारी दिएका छन् । क्षेत्र नं २ मा प्रतिनिधीसभाका लागी १२ चुनावी मैदानमा देखिएका छन् । क्षेत्र नं. २ प्रदेश सभा ‘क’ मा ५ जना चुनाबी प्रतिस्पर्धामा देखिएका छन् । जसमा गठबन्धनबाट माओवादीका नारायण बुर्जा मागर, एमालेका देबराज राई, राप्रपाका कर्ण वहादुर कार्की लगायत छन् ।
यस्तै क्षेत्र नं २ का प्रदेश सभा ‘ख’ मा सात जना उम्मेद्धार देखिएका छन् । सो क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका राम कुमार खत्री, एमालेका जिवनाथ दाहाल, राप्रपाका माला तामाग लगायत रहेका छन् ।
उदयपुरमा प्रतिनिधी तथा प्रदेश सभाका लागि ७ जनाले स्वतन्त्रमा उम्मेद्धारी दिएका छन् ।
