Sunday, April 19News That Matters

आफैले काम गर्ने ट्याक्टरले किचेर मृत्यु, दाेषीलाइ कारवाहीकाे माग गर्दै केहीबेर राजमार्ग बन्द

उदयपुर, मङ्सिर २८ ।
उदयपुरको बेलका नगरपालिका– ३ का १६ वर्षिय समिर माझीको आफै काम गर्ने ट्याक्टरले किचेर मृत्यु भएको छ । उनलाई गएराती गाउँमै आफै काम गर्ने ट्याक्टरले किचेपछि गम्भिर अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक २२ वर्षिय बिसाल पाण्डे फरार रहेकोमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिए । ट्याक्टरसमेत प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
घटनाको थप अनुसन्धान अगाडी बढाई कारवाही सुरु भएको प्रनाउ दोङले जानकारी दिए । फरार चालक पक्राउ गरी कारवाहीको माग गर्दै पिडित परिवार र गाउँलेले आज दिउसो केहीबेर मदनभण्डारी राजमार्ग अन्तर्गत गाईघाट–धरान सडकखण्डको रामपुरबजारमा यातायात बन्द गराएका थिए । प्रहरीले दाेषीलाइ कारवाही हुने स्थानीयसमक्ष प्रतिबद्धता गरेपछि यातायात खुलेकाे थियाे ।