
गाईघाट÷पूणपुष्टि, मंसिर २८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिका–१ जोगिदहमा अध्ययनरत अतिविपन्न परिवारका विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।
आईतबार पूर्वमन्त्री तथा संघिय संसद खड्काको विशेष पहलमा हिमालयन लाईफ इन्सुरेन्स लिमिटेड काठमाण्डौँसँगको सहकार्यमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको त्रिनपा–१ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जनाकारी दिए । पूर्व मन्त्रि खड्काको उपस्थितिमा श्री आधारभुत विद्यालय जोगिदहका ५७ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
त्यस्तै श्री जनज्योति आधारभुत विद्यायल मैनहाका ३४ जना विद्यार्थी, श्री जनता मा.वि. जोगिदहका ४० जना विद्यार्थी र श्री जनाता मा.वि. जोगिदह वालविकासका ३५ जना विद्यार्थी र वैकल्पिक शिक्षा विद्यालय छाडेर घरमा बसेका ३४ जना विद्यार्थी गरी जम्मा २ सय जना विद्यार्थीलाई झोला वितरण गरिने अध्यक्ष चौधरीले बताए ।
झोला वितरण गर्दै पूर्वमन्त्री खड्काले बालबालिकालाई झोला वितरण गर्नु कुनैपनि ठुलो कुरा नभएको तर अतिविपन्न वर्गका बालबालिकाको लागी झोला वितरण गर्नु पनि ठुलो कुरा हुने जनप्रतिनिधिदेखी जानकारी आएकोले आफुले वितरण गरेको बताएका छन् । खड्काले अभिभावकलाई बालबालिकालाई दिनदिनै विद्यालय पठाउन आग्रह समेत गरेका छन् । यदि बालबालिकालाई विद्यालय नपठाए पछि गएर भविष्यमा पछि पर्ने बताएका छन् । अहिले बालबालिकालाई नपढाए पछि जागिर नपाउने बताउँदै फेरी तेहि खाडि मुलुक जानुपर्ने वाध्यता निम्तने समेत उनले बताएका छन् ।
