
पूर्णपुष्टि, वैशाख ४ गते ।
वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलिको निर्वाचन क्षेत्र झापामा सत्ता गठबन्धन र राप्रपा बीच तालमेल गरेर अघि बढ्ने सहमती भएको छ । दुई दिन अगाडि इटहरीमा बसेको गठबन्धन दलको बैठकमा चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको हो ।
बैठकमा भएको निर्णयबारे जानकारी दिँदै राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले भने, ‘चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको छ । तालमेल गरेर जाने भन्ने निर्णयको माइन्युटमा हस्ताक्षर पनि गरेको छु । गठबन्धन भनेको अनिवार्य हुने भयो, तालमेल भनेको आवश्यक ठाउँमा हुने भयो । हाम्रो चाहिँ सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल हुने भनिएको छ ।
झापामा राप्रपाको बलियो उपस्थिति छ । यो निर्णयसंगै अब झापामा एमालेलाई चुनाब जित्न कठिन हुने अनुमान गर्न सकिन्छ ।
