
पूर्णपुष्टि, वैशाख १८ गते ।
आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ परेको छ । छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेको हो ।
आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै प क्राउ परको छ ।
पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
