
पूर्णपुष्टि, वैशाख १८ गते ।
लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका श्याम कुमार राई जनतासँग भोट माग्न व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिइका राई जनताको घर–घरमा पुगी भोट माग्न थालेका हुन् ।
विदेशमा सिकेको सिपले आफ्नो गाँउ विकास गर्ने भन्दै श्याम राई चुनावमा होमिएका छन् । उनले आफ्नो प्रतिवद्धतामा शौचालय नभएका पालिकालाई बनाउन १० हजार प्रदान गर्ने , खरको छानो विस्थापित गर्न ५० हजार अनुदान दिने एजेण्डासहित भोट मागिरहेका छन् । जनता समाजवादी पार्टीले लिम्चुङबुङका–३, ४ र ५ मा वडाध्यक्षका उम्मेदवारलाई चुनावमा उठाएका छन् । साथै वडाध्यक्षका उम्मेदवार राईले आफनो परिश्रमिकको निश्चित रकम अक्षयकोषमा जम्मा गरी प्राकृतिक प्रकोपबाट बचाउन हुने जोखिमलाई समाधान गर्नका निम्ती खर्च गर्ने घोषणा गरेका छन् ।
