Wednesday, June 17News That Matters

आफ्नो भ्रामक समचार प्रति संघिय सांसद सुरेश कुमार राईको गम्भीर ध्यानाकर्ष र स्पष्टीकरण

पूर्णपुष्टि, भदौ ६ गते ।
संघिय सांसद सुरेश कुमार राईले आफुमा लागेको आरोपहरु सबै तथ्यविहिन भएको स्पष्टीकरण दिनुभएको छ । उहाँले बिभिन्न आरोपहरु लगाएर एक अनलाईन खबरले समचार संप्रेशन गरेको भन्दै यो सबै झुट समचार र यस प्रति आफुले खेद प्रकट गरेको स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ । यसरी आधार विहिन समचार लेख्ने अनलाईप्रति गम्भीर ध्यानाकर्षण रहेको भन्दै भ्रममा रहेका जनता तथा कार्यकर्ताहरुलाई स्पष्टीकरण मार्फत आफ्नो सत्य तत्थ्य कुरा सुझाउन खोजिरहेको उल्लेख गर्नुभएको छ । राईले आफ्नो स्पष्टीकरण बुद्धागत रुपमा उल्लेख गरेको कुरा जस्ताको तस्तै छ ।
म एक सामाजिक ब्याक्ति हु । मेरो बारेमा राम्रो नराम्रो बिषयमा चर्चा परिचर्चा हुनलाई स्वभाविक ठानेको छ । मेरो बारेमा अलिक धेरै नै भयो भ्रामक कुरा । भ्रमित समचारले सत्य र तथ्यलाई ढाछोप गर्दा अन्तत समाजले दुख पाउने गर्दछ । हरेक तर्क र बिश्लेशनहरु तथ्यहरुको जगमा हुनै पर्छ ।

अरोप १

जिल्ला पार्टीमा केही बिवाद रहेकै हो । तर समाचारमा उल्लेख गरे जति र जस्तो किमार्थ होईन । म, बिवादमा अवस्य जोडीको छु तर बिवादको मुख्य दोषी म हुदै होईन । जिल्लाबाट नेतृत्व तहमा रहेकोले जिल्लामा रहेको बिगतकाल देखिको अन्तरविरोध समाधन गर्नमा मैले भुमिका खेले पनि समाधन हुन नसकेको अवस्य हो । बिगत देखि जिल्लाका केही नेतृत्व साथिहरु बिच केही बिषयहरुमा बिवाद अलिक असहज प्रकारका अवस्य थिए । साथिहरुले प्रत्यक्ष अप्रत्यक्ष मलाई जोडने काम भने हुँदै आएको थियो, जुन कुराबाट मैले चाहेर पनि पन्छिने अवस्थामा थिईन ।
उम्मेद्वार सिफारिस सम्वन्धित निर्णय निकाय प्रति असमति गर्दै गत स्थानिय निर्वाचनमा बागि उम्मेद्वार दिने र बागि उम्मेद्वारको पक्षमा खुलेर लाग्ने भिमबहादुर अधिकारी लगाएतहरुलाई पार्टीको प्रदेश निकायले निलम्वित गरेकै हो । पार्टी बिधानफ सबैलाई लागू गर्नु पार्टी निकायको जिम्मेदारी हो ।
म माथि जुन कुरामा दोष देखाउनु भएको छ उक्त कृयाक्लवहरु र निर्णयहरुमा म संलग्न छैन । म केन्दीय समितिको जिल्लामा संयोजनकारी प्रतिनिधि मात्र हु ।

आरोप २

पार्टी अनुशासन बिपरित गठन भएको समान्तर कमिटी २५० होईन १४र१५ जनाको मात्र बिद्रोही भनिएकाहरुको सुचनाबाट जानकारी भएको छ । २५० जना भनेको त पार्टी सदस्हरुको सहानुभुति मात्र हुनु सक्छ भिमबहादुर अधिकारी टिमलाई । आफुले खडा गरेको बागी उम्मेद्वारले जम्म १२८ भोट प्राप्त गरेबाट पनि स्पष्ट हुन सक्छौ ।

केपी बराल बारेको कुरा सिधा छ, मेयरको प्रमुखमा टिकट दावी थियो, माओवादीको भागमा परेन, भागमा परेको उपमेयर उठ्ने कुरा थिएन । केन्द्रीय नीति र मापदण्ड तथा प्रदेशको टिकट निर्णयलाई अस्वीकार गर्दै गठवन्धन बिरुद्ध नगर प्रमुखको पदमा बागि उठनु भयो । पार्टी विधान अनुसार कार्वाही गर्नु पर्थ्यो, भयो ।
म न त सिफारिस निकायमा थिए न नै निर्णय गर्ने प्रदेश निकायमा थिए १ म त सुझाव सम्म दिने हैसियतमा भएको मान्छेलाई जब्वर जस्ति बिवादमा तान्नु खोजनेहरुको माउ खाने गलत प्रवृत्ति बाहेक अरु नभएको मेरो अनुभव छ ।

अरोप ३

निर्वाचन क्षेत्रमा उपभोक्ता समित बनाई आफ्नो मान्छेलाई पोसेको र कमिसन खेलको समचारमा त झन बिलकुलै तथ्यहिन कुरा हुन । निर्वाचित भए पछि सांसदको नाममा आएका बजेट योजनाहरु नेकपाको कमिटी र पछि माओवादी को तत् तत् कमिटीको सिफारिस विना रकम बिनियोजन भएको छैन । हरेक रेकर्ड जिल्ला समन्वयमा रहेको छ हेर्दा स्पष्टै हुन्छ।

आरोप ४

जाहा सम्म महिला माथि अभद्र ब्यावहार गरिएको भन्ने कुरा हो, तथ्य र सत्य नजिक अलिकति पनि छैन । जिल्ला पार्टी भित्रको अन्तरविरोध समाधन छलफलको क्रममा “एक महिलालाईू एकाएक चर्का चर्कि हुदा मैले “तिमी आफ्नो विवेकले काम गर, आफ्नो खुट्टमा खडा भएर हिड, तथ्यविहिन अरुको कुरा सुनेर बोल्ने कुरा बन्द गरू भनेर मैले “तिमीू भनेर संवोधन गरिएक सम्वादलाई अभद्र भनिएको कुरा बाहेक अरु केही होईन ।
जिल्लाको अन्तरविरोध समाधन गर्ने बारे अनौपचारिक छलफलको क्रममा “तिमीू भन्नू महिला कमरेडलाई उपेक्षा गरि “तिमीू शब्द बोलिएको महसुस सम्वन्धित कमरेडले महसुस गरेकाले “गलतू हुन पुगेको भनेर स्विकारी सकेको बिषय हो । कताको अनुसासन आयोगमा मुद्धा दर्ता भएको छ भनियो रु जुन कुरा पेरिष डाडामा बुझ्न सजिलै सकिन्ने कुरा हो ।
हरेक बिषयमा सुचना पाउने जनताको हकलाई बन्देज गरि कुण्ठित गर्नु अपराध हो भने विना तथ्य गलतलाई सत्य हो भनि समाचार संप्रेशन गरी जनतालाई भ्रमित पार्नु माहाअपराध हो ।

अन्तत : तपाईले काफी भ्रमित बनाएर समाचार संप्रेसन गर्नु भएको बिषय प्रति मेरो गंभिर ध्यान आकर्षण भएकोले अलिकति भए नि स्पष्टताको लागि तपाईको फेसबुक मेसेस बक्समा एसएमएस गरेको छु अन्नेथा नठान्नु अनुरोध छ ।
तपाईले नियत र योजनामै मतियार हुनु भएको भए सायद हामि सबैको भगुवानले र हामी बसेको समाजले नकरात्मक सोच र प्रवृत्ति भएको मानिसको रुपमा सधै स्मरण गरिरहने छ ।

अन्तमा, अहिलेको संवेदनशिल अवस्थामा यसप्रकारको प्रचारवाजीले मलाई अलिकति पनि बिचलित गराएको छैन । न नै कुनै आवेग र आक्रोसनै १ मलाई सधै नकरात्मक सुझाव टिप्पणी गर्ने परम मित्रहरुको गलत सुचनाको आधारमा संप्रेसित आरोप समयले आफै खण्डन गर्ने नै छ । मेरो थप चिन्ता खालि तपाईको सबल सक्षम र तथ्यपरक बिचार संप्रेसन गर्ने ब्यक्तित्व निर्माणमा मेरो सानो सुझाव काम लाग्न सकोस भन्ने हो । मेरो कामना तपाईको हातमा छ ।