
पूर्णपुष्टि, ३० साउन ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका(५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । सोही जानकारीको आधारमा प्रहरी चौकी साँघुबाट प्रहरी टोलीले घटना स्थल गएर लिम्बुलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।
