
पूर्णपुष्टि, साउन २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन जोखिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पत्र पठाएपछि सुन जोखिएको हो ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुनको तौल ६० केजी ७८९ ग्राम रहेको छ । ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ६८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’ राजश्व अनुसन्धान विभागले भन्सार पास भएर बिहिरिएको सुन रहेको ब्रेक शु सिनामंगलबाट असार ३ गते बरामद गरेको थियो । विभागले सुन जोख्न भन्दै साउन ४ गते महाशाखामा पठाएपनि सुन जोख्ने प्रकिृया अगाडी बढाउन पत्र नपठाएपछि अहिलेसम्म जोखिएको थिएन् ।
