Friday, June 26News That Matters

आमाको हत्या आरोपमा छोरा पक्राउ

पूर्णपुष्टि, जेठ २८ । भोजपुरमा आफ्नै आमाको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आमा ६८ बर्षीया निर कुमारी तामाङको हत्या आरोपमा अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ बर्षीय मिलन तामाङ पक्राउ परेका छन् ।

हिजो बेलुका पौने ६ बजे उनले आमालाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरि हत्या गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घटनाको जानकारी पाऊन साथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको समबन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।