
पूर्णपुष्टि, फागुन ४ । मोरङमा आमा–छोरीमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ का ५२ बर्षिय निर कुमार राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बिहिबार बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
आमा छोरीमाथि खुकुरी प्रहार भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट भलुवाईबाट खटिएको प्रहरी टोलीले राईलाई केराबारी गाउँपालिका–९ स्थितबाट ४ राउण्ड गोली लोड भएको मेड इन इटली लेखेको अटो पेस्तोल १ थान,मेड इन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएका आमा छोरीको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ । पक्राउ परेका राईको सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भईहरेको छ ।
