Tuesday, April 21News That Matters

इटहरीको यातायात कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जना बिचौलिया पक्राउ

पूर्णपुष्टि, असोज १० । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट यी व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यालयहरूको स्थलगत अनुगमनका क्रममा आफूलाई डाक्टर भनी चिनाउने एक व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले दिएको जानकारीअनुसार पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । हाल पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।