Tuesday, April 21News That Matters

क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

पूर्णपुष्टि, असोज १० ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार चारदिनसम्म चल्ने यो सम्मेलनमा नयाँ नेतृत्व चयनका साथै शैक्षिक मुद्दाहरूमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा देशभरबाट दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने जनाइएको छ । यस सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्ष सिंहले दिएको जानकारी अनुसार नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुनेछ ।