Tuesday, April 21News That Matters

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

पूर्णपुष्टि, असाेज १० ।
निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचन २०८१ को मिति र कार्यतालिका घोषणा गरेको छ । उपनिर्वाचन मंसिर १६ गते हुने निश्चित भएको छ । मनोनयन दर्ता मंसिर २ गते, बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म हुनेछ ।
उम्मेदवारको सूची प्रकाशन मंसिर २ गते, बेलुका ५:०० देखि ६:०० बजेसम्म हुनेछ भने उम्मेदवारीबारे उजुरी दर्ता मंसिर ३ गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।
 त्यस्तै अन्तिम नामावली प्रकाशन मंसिर ५ गते, दिउँसो १:०० देखि ३:०० बजेसम्म र निर्वाचन चिह्न वितरण मंसिर ५ गते, दिउँसो ३:०० देखि बेलुका ५:०० बजेसम्म हुने आयोगले विज्ञप्तीमा जनाएकाे छ ।
प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२:०० बजेदेखि लागू हुने जनाइएकाे छ भने उम्मेदवारहरूले मंसिर ५ गते बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने जनाइएकाे छ ।
उदयपुरमा दुइ वडामा उपनिर्वाचन
त्रियुगा नगरपालिका वडा न‌‍ १२ र बेलका नगरपालिका वडा न‌‍ ९ मा उपनिर्वाचन हुनेछ । ती वडाहरुमा गत निर्वाचनमा निर्वाचित वडाध्यक्षहरुकाे निधन भएकाे हाे ।