
पूर्णपुष्टि, वैशाख २३ गते ।
इटहरी उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएकका हेमकर्ण पौडेल साइकल चढेर चुनावी प्रचारमा रहेका छन् । गठबन्धनका उम्मेदवारसहित पौडेल घर दैलो कार्यक्रममा साइकल चढेर हिनेका हुन्
इटहरीको मेयरको कडा प्रतिस्प्रर्धीको रूपमा हेरिएका पौडेलले विभिन्न माध्यमबाट चुनावी प्रचार प्रसार गरिरहेका छन् । उनले इटहरी १० आँपझोकी चोकमा फरक तरिकाले चुनावी प्रचार गरेका छन् । जनताको भावनासँग जोडिएको साइकलमा सवार गरेर उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । जनताको भावनाको प्रतिनिधित्व हुने भएकाले साइकलमा सवार गरेको पौडेलले बताएका छन् । उनले भने” साइकल हाम्रो ग्रमिण भेगको प्रमुख सवारी साधन हो, विकासका आधारभूत कुराहरू प्राप्त नभएको स्थानमा आउदा साइकलमा आउनु राम्रो हुन्छ भन्ने लागेर आएको हो ।”
त्यसै गरी इटहरीमा बर्षाैँ देखि रहेका समस्यालाई समाधान गर्ने प्रतिबद्ध गरेको समेत बताएका छन् । इटहरीमा गठबन्धनको सरकार निर्वाचित भए पश्चात् सबै खालका विभेदको अन्त्य भएको घोषण गरेर अगाडि बढ्ने उनको भनाइ रहेको छ । इटहरीको प्रमुख समस्याका रूपमा रहेको बाढीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत उनले बताएका छन् ।
