
पूर्णपुष्टि, असोज ७ गते ।
इतिहासकै सबै भन्दा कमोज अवस्थामा नेपाली मुद्रा पुगेको छ । अमेरिकी डलरसँगको विनिमय दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको छ । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थीर (पेग) गरेको छ । सोही कारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ ।
बिहीबार एक अमेरिकी डलर खरिद गर्न ८०.८५ भारु तिर्नु परेको थियो । सोही कारण नेपालमा पनि अमेरिकी डलरको विनिमय दर बढेको हो । अमेरिकी डलरको भाउ बढेपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको लागत बढ्ने छ र मूल्य बृद्धि हुनेछ ।
