Friday, June 26News That Matters

त्रियुगाको जनज्योती माबिमा अध्यानरत दृष्टिविहिन विद्यार्थीलाई कपडा वितरण

पूर्णपुष्टि, असोज ७ गते ।
त्रियुगा नगरपालिका–७ स्थित जनज्योती माबि चुहाडे स्रोत केन्द्रमा अध्यानरत दृष्टिविहिन बालबालिकालाई प्रकृति प्रेमी समाज उदयपुरले न्यानो कपडा वितरण गरेको छ । विद्यालयको स्रोत केन्द्रमा अध्यानरत १० जना विद्यार्थीलाई प्रकृति प्रेमी समाजले ट्राकसुट, टिसर्ट र चप्पल वितरण गरेको हो ।
२०७६ सालमा गाईघाट स्थानिय व्यवसायी युवाहरुले गठन गरेको प्रकृति प्रेमी समुहले उदयपुरका विभिन्न स्थानमा वृक्ष्यारोपण, कपडा बैंक स्थापना लगायतका सामाजिक काम गर्दै आएको समाजका अध्यक्ष तथा त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले बताए ।