
पूर्णपुष्टि, बैशाख १२
नेपाली काङ्ग्रेस वडा नं ६ का नेता अन्जारुल अलिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । नेपाली काङ्ग्रेस वडा समितिले उनको नाम वडाअध्यक्षमा सिफारिस गरेपनि पार्टीले टिकट नदिएपछी स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
उनी कम्प्युटर इन्जिनियर हुन । नेपाली काङ्ग्रेसले युबालाई नेतृत्वको अबसर नदिएकाले आफुले उम्मेदवारी दिएको बताए । उनले थपे मैले युबाको नेतृत्व गर्छु । नेपाली काङ्ग्रेसले त्रि.न.पा. ६ मा कृष्ण बुडाथोकीलाई टिकट दिएसँगै सो वडामा नेपाली काङ्ग्रेसका दुइजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
